सुनकाेशी नदीमा डुबेर पुलमा काम गर्दै आएका लामाको ज्यान गयाे

| चैत २८, २०८० बुधबार

फाइल फाेटाे
A A A
A A A

२८ चैत, रामेछाप । सुनकाेशी नदी निर्माणाधीन पुलमा काम गर्दै आएका एक जना कामदारको नदीमा डुबेर  ज्यान गएकाे छ । 

 

ज्यान गुमाउनेमा मकवानपुर भिमफेदी गाउँपालिकाे वडा नं ५ अकोटे बस्ने तिर्थलाल लामाको ५२ वर्षीय छाेरा बलबहादुर लामाकाे रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

रामेछाप प्रहरीका अनुसारका मंगलबार बिहान ८ बजेतिर रामेछाप नगरपालिका वडा नं ५ रामपुर स्थित कोलोञ्जोर घाट सुनकोशी नदीमाथि बन्दै गरेको पुलमा काम गर्दै आएका लामाको नदीमा डुबेर ज्यान गएको हो । 

 

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  केही दिन अगाडि पनि सोही ठाउँ आसपासमा पौडी खेल्न गएका एक छात्रको डुबेर ज्यान गएको थियो ।