झ्यास् पोल्न बालेको आगो शरीरमा सल्किँदा रामेछापको पुरानागाउँमा एक वृद्धा गम्भीर घाइते, हेलिकप्टर मार्फत काठमाडौँ लगियो

| चैत २९, २०८० बिहिबार

A A A
A A A

२९ चैत, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँमा झ्यास पोल्ने क्रममा आगो जिउमा सल्किँदा एक जना वृद्ध महिला घाइते भएकी छिन् । 

 

घाइते हुनेमा पुरानोगाउँ लामाटोल बस्ने असलसिंङ तामाङको श्रीमती अन्दाजी  ८५ वर्षीय लालमाया तामाङ रहेकी छन् । 

 

 

बिहीबार आफ्नै बारीमा सुकेको पत्कर,झ्यास पोल्ने क्रममा अचानक उनकै शरीरमा समेत आगलागी हुँदा उनी गम्भीर घाइते भएकोले जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

 

शरीरमा आगोले पोलेर गम्भीर घाइते तामाङलाई प्रहरी र स्थानीयको सहयोगमा श्रीयरलाइन्स कम्पनीको हेलिकप्टरबाट कीर्तिपुर स्थित बर्निङ अस्पताल काठमाडौँ पठाइएको जिप्रका रामेछापले जनाएको हो । 

 

उनको अवस्था गम्भीर रहेको बुझिएको छ ।