यस्तो दर्दानक अवस्थामा भेटियो आज पनि सुनकोसी नदीको किनारमा शव, तीन पुग्यो संख्या,

| असार ३, २०७८ बिहिबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

०३ असार, रामेछाप । रामेछाप जिल्लामा दैनिक मृत शव फेला पर्न थालेको छ । बिहिबार अन्दाजी ४ : ०५ बजेको समयमा जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं १ परकवासको केथेबे भन्ने ठाउँस्थित् सुनकोसी नदीको किनारमा एक पुरुषको शव फेला परेको हो ।  आज शव फेला परेसंगै रामेछापमा मृत भेटिएको संख्या तीन पुगेको छ । 

 

शवको पहिचान हुन सकेको छैन् । केही दिन देखि परेको अविरल वर्षका कारण देशका एक दर्जन् बढी जिल्लाहरुमा मानिसहरु घरबाहार बिहिन बनिरहेको, बेपत्ता भएको अवस्थामा सुनकोसी नदीको किनारमा दैनिक शव फेला पर्न थालेको छ ।

 

गत बुधबारमातै एकै दिन २ जनाको शव फेला परेको थियो । पुःन बिहिबार ४ बजे एक पुरुषको जस्तो देखिने शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । फेला परेको शव सडिगली रहेको अवस्थामा फेला परेको हो ।