रामेछापको सुनापति–४ बेथान वडा कार्यालय भन्यो –सडक छेउका अव्यवस्थित घर पसल ३५ दिन भित्र हटाउनू

| बैशाख ५, २०८१ बुधबार

A A A
A A A

५ वैशाख, रामेछाप । सुनापति गाउँपालिका वडा नं ४ बेथानले सडक छेउमा बनाइएका अव्यवस्थित घर टहरा हटाउन निर्देशन दिएको छ ।

 

 

वडा भित्रको सडक छेउमा बनेका अव्यवस्थित घर टहरा हटाउन ३५ दिनको समय तोकेर ‘अल्टिमेटम’ दिएको हो । 

 

 

गत सोमबार एक सूचना जारी गर्दै वडा कार्यालय बेथानले वडा कार्यालय बेथान ‘डहू बेँसीमा पुष्पलाल मध्यपहाडी लोक मार्गले खानीखोला पुल निर्माण गर्न लागेकोले उक्त पुल निर्माण स्थल र वरिपरि रहेको अस्थायी टहरा पसलहरू सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र हटाई’ सहयोग गर्नू उल्लेख गरेको छ । 

 

 

सो क्षेत्रमा पुष्पलाल मध्यपहाडी लोक मार्ग निर्माणको काम धमाधम भइरहेको छ । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार