पौडी खेल्ने क्रममा बागमती नदीमा डुब्दा रामेछाप बाम्तिभण्डारका खड्काको ज्यान गयो

| बैशाख ६, २०८१ बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

६ वैशाख, रामेछाप । पौडी खल्ने क्रममा डुबेर बागमती नदीमा डुब्दा रामेछापको उमाकुण्ड गाउँपालिकाका एक किशोरको ज्यान गएको छ । 

 

 

बुधवार काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउने स्थित बागमती नदीमा डुबेर उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डार घर भई काठमाडौँ सितापाईला बस्दै आएका अनिल खड्काको ज्यान मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

साथीहरूसँग पौडी खेल्न गएका खड्का बागमती नदीमा एक्कासि डुब्दा ज्यान गुमाएको प्रहरीले बताएको हो ।