सामुदायिक लघुवित्तले खाँडादेवीमा ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्दै वित्तीय साक्षरता कार्यक्रम गर्‍यो

| बैशाख १३, २०८१ बिहिबार

A A A
A A A

१३ वैशाख, रामेछाप । सामुदायिक लघुवित्त वित्तीय संस्था शाखा कार्यालय गाल्पाले खाँडादेवी गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बुधवार पालिकाको केन्द्रमा एक कार्यक्रमको आयोजना गरी पालिकाभित्रका स्थानीयहरूलाई सचेतना गराएको शाखा कार्यालय प्रमुख प्रेम बिकले रामेछाप टाइम्सलाई जानकारी गराए । 

 

उनका अनुसार ९६ केन्द्र प्रमुख कुसुम तामाङको सभापतित्वमा भएको कार्यक्रममा खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङको पनि उपस्थिति रहेको थियो ।  केन्द्रीय कार्यालय संचालन तथा अनुगमन विभागका अधिकृत मिलन महर्जन र क्षेत्रीय अनुगमन कार्यालयबाट लोकराज भट्ट लगायतले सचेतना गराएका थिए । 

 

 

पछिल्लो समय खाँडादेवी, दोरम्बा शैलुङ र सुनापतिका विभिन्न वडा वडामा पुगेर लघुवित्तले सचेतना मूलक कार्यक्रम गर्दै आएको छ । 

 

साथै सोही कार्यक्रमको अवसरमा तीन जना ज्येष्ठ सदस्यहरूलाई सम्मान पनि गरेको छ । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार