वन डढेलो एवं आगो लगाउनेको जानकारी दिनेलाई सुनापति गाउँपालिकाले पुरस्कृत गर्ने

| बैशाख १५, २०८१ शनिबार

सुनापति गाउँपालिकाको वडा नं १ गुन्सीको भस्मे बेसी क्षेत्रमा पनि भीषण डढेलो
A A A
A A A

१५ वैशाख, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले वनमा डढेलो एवं आगोलागिका घटना घटाउनेको जानकारी दिने (पहिचान गर्न सहयोग पुर्‍याउने) लाई पुरस्कृत गर्ने निर्णय गरेको छ । 

 

केही दिन देखि पालिकाका विभिन्न क्षेत्रका वनहरूमा आगो निरन्तर लागिरहेकोमा शुक्रवार कार्यपालिकाको बैठकबाट आगोलागिका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आगोलागिका घटनामा संलग्नको खोजी गर्ने एवं पहिचान गरी जानकारी दिनेलाई पुरस्कृत गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । 

 

गाउँपालिकाले आगलागी प्राकृतिक रूपमा नभई मानव सृजित हुन सक्ने मात्रै भनेको छ । प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले शुक्रवार एक पत्र जारी गर्दै ‘गाउँपालिका भित्रको विभिन्न क्षेत्रहरूमा हाल डढेलो लागि रहेकोले सबैमा सुरक्षित रहन पनि’ अनुरोध गरिएको छ । 

 

केही दिन यता सुनापति गाउँपालिकाको वडा नं १ गुन्सीको घटेबेसीबाट सुरु भएको डढेलो तीव्र रूपमा फैली रहेको छ । 

 

त्यस्तै गुन्सीकै पातल चनौटे सामुदायिक वनको भस्मे बेसी क्षेत्रमा पनि भीषण डढेलो लागेको छ ।