मन्थलीमा स्कुटर दुर्घटनामा परी एक महिलाको ज्यान गयो

| बैशाख १७, २०८१ सोमबार

फाइल फोटो ।
A A A
A A A

१७ वैशाख, रामेछाप । रामेछापको मन्थलीमा स्कुटर दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ ।

 

 

ज्यान गुमाउनेमा स्कुटर चालक मन्थली नगरपालिका वडा नं १ की ३५ वर्षीय सरस्वती माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

शनिवार राति गम्भीर स्कुटर दुर्घटनामा परेकी माझीको मन्थली अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको हो । दुर्घटनामा परेकी उनको तत्काल उद्दार गरी मन्थली अस्पताल लगिएको थियो । 

 

मन्थलीबाट तीनलाल पार्कतर्फ जाने क्रममा माझी सवार बा ७२ प ९१७२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिएको बुझिएको छ ।