भक्तपुरमा स्कुटर दुर्घटनामा परी रामेछापको लिखु तामाकोशीका एक युवाको मृत्यु, एक गम्भीर घाइते

| बैशाख १८, २०८१ मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१८ वैशाख, रामेछाप । भक्तपुरमा कार र स्कुटर ठोक्किँदा रामेछापका एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । 

 

हिजो सोमबार दिउँसो सूर्य विनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१.०३०च. ०९९५ नम्बरको कार र ७३ प.२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो । 

 

उक्त दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका २३ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको हो । 

 

त्यस्तै स्कुटरको पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका हुन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ ।

 

 

कार चालक धरानका ३१ वर्षीय आशिष् श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।