घरभित्रबाटै आगो सल्किएर रामेछाप सल्लेनीमा पसलसहित एक घर जलेर नष्ट
मानवीय क्षति भएन२१ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थालीमा घर भित्रैबाट सल्किएको आगोले जलेर एकसहित पसलका सामान जलेर नष्ट भएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
बिहीबार साँझ ६ ः ३० बजेतिर घर ७८ वर्षीय वृद्धा कमला राउतले फुकेको आगो सल्किँदा पूरै घर र पसल जलेको कुँबुँकाँस्थालीका वडा अध्यक्ष नवीन थापाले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार वडाको साबिकको वडा नं ५ नेका सल्लेनी भन्ने स्थानीय ‘कल्याण’ भन्ने कमला माया राउतको पसल भएको घरमा उनकी वृद्धा आमा बसिरहेकै बेलामा आगो सल्किँदा पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
६० हजार नगद सहित घर पूरै जलेर सकिएपछि आगो डेढ दुई घण्टापछि निभेको वडा अध्यक्ष थापाले बताए । ‘पसलमा रहेका खाद्यान्न सहित चामल, ६० हजार नगद, घर पूर्ण रूपमा जलेर सकिएपछि मात्रै निभ्यो ।’
आगोलागि भएको उक्त घरमा कल्याणसँगै उनी श्रीमती र आमा बस्दै आएका थिए ।