मन्थली अस्पतालमा ‘हाडजोर्नी सम्बन्धि स्वास्थ्य शिविर’ : ८६ जनाले पाए निःशुल्क सेवा

| बैशाख २९, २०८१ शनिबार

A A A
A A A

२९ वैशाख, रामेछाप । मन्थली अस्पतालमा भएको एक दिने विशेषज्ञ सहितको ‘हाडजोर्नी सम्बन्धि स्वास्थ्य शिविरमा’ ८६ जनाले निःशुल्क सेवा पाएका छन् । 

 

 

शुक्रवार मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठसहितको उपस्थितिमा मन्थली अस्पतालमा शिविर भएको हो । 

 

इवामुरा हस्पिटल भक्तपुरबाट आएका विशेषज्ञ चिकित्सकसहितको टोली र प्राविधिक सहयोगमा भएको शिविरमा घुढा दुख्ने, ढाड, कम्बर दुख्ने, हड्डी भाँचिएको जोर्नी दुख्ने लगायतका एक्स-रे सहितको शिविर नगरभित्रका सहित छिमेकी पालिकाहरूमा स्थानीयले सर्वशुलव सेवा लिएको नगरको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

मन्थली अस्पतालले नगरपालिकाको सहयोगमा बेला बेलामा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ । मन्थली अस्पतालमा पछिल्लो समय सबै भन्दा धेरै बिरामीको चाप रहने अस्पताल समेत हो । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार