बुधवार लिखु तामाकोशी गाउँपालिकाले नगदहमा ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम गर्दै
२९ वैशाख, रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले आउँदो जेठ २ गते बुधवार वडा नं ५ नागदहमा ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम गर्ने भएको छ ।
पालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार हालसम्म गरेका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह लगायतका विषयमा समीक्षा, अन्तरक्रिया तथा छलफल गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागेको गाउँपालिका अध्यक्ष केशव महतले जानकारी दिएका हुन् ।
साथै उक्त अवसरमा आगामी दिनमा गाउँपालिकाले गर्नु पर्ने काम, लिनु पर्ने नीति योजना तथा कार्यक्रमका बारेमा समेत नागरिकहरूको समेत सहभागितामा वृहत् छलफल हुन लागेको हो ।
पालिका अध्यक्ष महतले शुक्रवार जारी गरेको पत्रमा भनिएको छ ‘नागदहमना स्थानीय निवासी सम्पूर्ण नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विभिन्न गैर सरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, क्रियाशील सहकारी सङ्घ संस्थाका पदाधिकारी र गाउँपालिका मातहतका विषयगत कार्यालयसहितको उपस्थितिमा कार्यक्रम’ उल्लेख छ ।
दुई वर्ष अगाडि निर्वाचित महतसहितको लिखु तामाकोशी गाउँपालिकाका जनप्रतिनिधिले जनताको आवश्यकता अनुसार शिक्षा, खानेपानी, स्वास्थ्य लगायत अति आवश्यकता परिपूर्ति गर्दै पालिकाको विकास निर्माणलाई अगाडि बढाउँदै आएका छन् ।
पालिका अध्यक्ष महतले जारी गरेको पत्र हेर्नुहोस् ?