उभौली पर्वको अवसरमा शुक्रवार उमाकुण्ड गाउँपालिकाभर बिदा
फाइल फोटो ।
८ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले शुक्रवार पालिकाभर बिदा दिएको छ ।
सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले किराँतहरूको महान पर्व उभौली (ष्याँदर पिदार) पर्वको अवसरमा बिदा दिने निर्णय गरेको पालिकाले जनाएको छ ।
पालिकाले मंगलबार आज एक सूचना जारी गर्दै भनेको छ ‘११ गते गाउँपालिका स्थित सबै सरकारी निकायहरूमा स्थानीय पर्व बिदा दिने निर्णय गरेको छ ।’
पालिकाले जारी गरेको पत्र हेर्नुहोस्