रामेछापको दुरागाउँमा ‘डेक’ बजाउँदा करेन्ट लागेर बालकको ज्यान गयो

| जेठ ९, २०८१ बुधबार

A A A
A A A

९ जेठ, रामेछाप । रामेछापको दुरागाउँ स्थित कट्टी भन्ने स्थानमा करेन्ट लागेर १३ वर्षीय बालकको ज्यान गएको छ ।

 

 

उनको शवलाई पोस्ट मार्टमको लागि अहिले मन्थली अस्पतालमा ल्याइँदै छ । 

 

लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ दुरागांउ स्थित घरमै साउन्ड सिस्टम (डेक) बजाउने क्रममा करेन्ट लागेर १३ वर्षीय पाण्डव खुट्टेको ज्यान गएको वडा अध्यक्ष प्रदीप कुमार तामाङले रामेछाप टाइम्सलाई बताए । ‘बिहान घरमा डेक बजाउने क्रममा करेन्ट लागेको रहेछ ।’

 

 

बुधवार बिहान ९ बजेको समयमा खुट्टेलाई करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको हो ।