बलात्कार मुद्दामा फरार रामेछाप पिङखुरीका युवालाई रोमानियाबाट पक्राउ गरी ल्याइयो

| जेठ १०, २०८१ बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१० जेठ, रामेछाप । बलात्कारको मुद्दामा फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिकाका एक युवालाई प्रहरीले, प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलबाट रेड नोटिस जारी गरी रोमानियाबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।

 

पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका-९ पिङखुरीका २४ वर्षीय गौरव नेपाली रहेका छन् । नेसनल सेन्ट्रल ब्यूरो रोमानियाको सहयोगमा उनलाई बुधवार पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरीले जनाएको हो । 

 

जबरजस्ती करणी मुद्दामा फरार रहेका नेपाली विदेश पुगेको पाइएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरुद्ध रेड नोटिस जारी गराएको थियो ।

 

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौँमा बुझाइएको छ ।