पिसाब फेर्ने क्रममा भिरबाट लड्दा रामेछापका एक वृद्धको ज्यान गयो

| जेठ ११, २०८१ शुक्रबार

सांकेतिक तस्बिर ।
A A A
A A A

११ जेठ, रामेछाप । पिसाब फेर्ने क्रममा भिरबाट लड्दा रामेछापमा एक वृद्धको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा रामेछाप नगरपालिका–६ ओख्रेनीका ८५ वर्षीय गोकुल घिसिङ रहेका छन् ।

 

उनी बुधवार साँझ ओख्रेनीकै भालुखोप बजारबाट घर फर्किँदै गर्दा झगरेलेख पाखाको गोरेटो बाटोमा पिसाब फेर्ने क्रममा भिरबाट लड्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

उक्त घटनापछि उनको शव घटनास्थलबाट उद्धार गरी पोष्र्टमार्टमको लागि रामेछाप अस्पताल लगिएको र शव पोस्टमार्टम पछि दाहसंस्कारको लागि आफन्तको जिम्मा लगाइएको सकिएको प्रहरीले बताएको हो । 

 

उनी बाटो छेउबाट करिब ५० मिटर तल भिरमा लडेका थिए ।