उभौली पर्व मनाउन आज उमाकुण्ड गाउँपालिकाभर पर्व बिदा

| जेठ ११, २०८१ शुक्रबार

A A A
A A A

११ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिकामा उभौली (ष्याँदर पिदार )पर्व मनाउन आज शुक्रवार पालिकामा स्थानीय पर्व बिदा दिएको छ । 

 

यही जेठ ७ गते बसेको गाउँ कार्यपालिकाको बैठकले  ‘११ गते गाउँपालिका स्थित सबै सरकारी निकायहरूमा स्थानीय पर्व बिदा दिने निर्णय गरेको छ’ पालिकाले मंगलबार एक पत्र जारी गर्दै जानकारी दिएको छ । 

 

सुनुवार समुदायको बसोबास रहेको उमाकुण्ड गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ का सुनुवार समुदायले प्रीति स्थित चण्डी थानमा विशेष मेला एवं चण्डी नाच लाग्ने भएकाले पालिकाले बिदा दिएको बुझिएको छ । 

 

सरकारले बिहीबार बुद्ध जयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा दिएको थियो । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार