रामेछापको ठोसेमा मलामी गएका एक पुरुषको खिम्ती खोलामा डुबेर ज्यान गयो

| जेठ ११, २०८१ शुक्रबार

A A A
A A A

११ जेठ, रामेछाप । रामेछापको ठोसे स्थित खिम्ती खोलामा मलामी गएका एक पुरुषको डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा दोलखाको जिरी नगरपालिका–२ भिरखर्कका घर भएका कुल बहादुर विक रहेका छन् । 

 

उनी शुक्रवार बिहान गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेका एक आफन्तको निधन भएपछि दाहसंस्कारको लागि मलामी गएका थिए । उनीसँगै उनका दुई छोरा पनि मलामी गएका थिए । 

 

बिहान ९ बजेदेखि नदीमा बेपत्ता भएका उनको दिउँसो १ बजे खोलामा डुबेको अवस्थामा मृत भेटिएको ठोसेका वडाध्यक्ष सुन्दर कार्की रामेछाप टाइम्सलाई बताए । ‘उहाँले लुगा खोलेर छेउमा राखेर नदीमा गएको भेटियो । कसरी डुबे एकिन भएन ।’

 

डुबेर ज्यान गुमाएका बि.क शवलाई पोस्ट मार्टको लागि दोलखाको जिरी अस्पताल लगिएको छ । पारिवारिक स्रोतका अनुसार उनी यस अगाडि पनि मलामी जाँदा नदीमा डुबेका थिए ।