नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको तेस्रो महाधिवेशन नयाँ नेतृत्वसहित सम्पन्न, महासचिवमा रामेछापका रुपसिङ मोक्तान

| जेठ १२, २०८१ शनिबार

A A A
A A A

१२ जेठ, रामेछाप । नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको तेस्रो महाधिवेशन शुक्रवार काठमाडौँ सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको बागमती प्रदेशका तेक्वान्दो संघको सचिव धनराज तामाङ (मोक्तान) ले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार महाधिवेशनले काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका सुदिप पण्डितको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा रामेछापका रुपसिङ मोक्तान महासचिवमा चयन भएका छन् । सबै पदमा सर्वसहमतीबाट नेतृत्व टुङ्गिएको हो । 

 

त्यस्तै महिलासहित पाँच जना उपाध्यक्षमा, नुवाकोटकी तुलसी थापा मगर कोषाध्यक्ष बनेकी छिन् । 

 

रामेछापबाट प्रदेशका तेक्वान्दो संघको सचिव समेत रहेका धनराज तामाङसहित बाबुराम तामाङ, सपुत मोक्तान, राजु पन्त केन्द्रीय सदस्यमा चयन भएका छन् ।