चीनतर्फ तामाकोसी थुनियो, जुनसुकै बेला खतरा उत्पन्न हुन सक्छ, (सूचनासहित)

| असार ५, २०७८ शनिबार

फाइल फोटो रामेछापतर्फ तामाकोशी नदी आसपारका बस्ती,सदरमुकाम मन्थली बजार
A A A
A A A

०५ असार, रामेछाप । नेपाल-चीन सिमा क्षेत्रमा पर्ने टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भिषण वर्षा भएसँगै त्यहाँ पहिरो जाँदा नदीको प्रवाह रोकिएको भन्दै नेपालको तामाकोशी नदीमा जुनसुकै पनि बढी आउन सक्ने खतरा रहेकाले सचेत हुन आग्रह गरिएको छ । 

 

गएतारि ९ ४५ बजे सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय दोलखाले सचेत हुन आग्रह गरेको छ । प्रशासनले कुनै पनि बाढी आउन सक्ने खतरा रहेको उल्लेख गरेको छ । प्रशासनका अनुसार तामाकोसी नदी थुनिएको र जतिबेला पनि फुट्न सक्ने चेतावनी छ। 


पहिरो चीनतर्फको तिब्बतमा पहिरो गएको बताइएको छ । तामाकोशी नदी आसपास पर्ने रामेछाप र दोलखामा मानिस सचेत हुन प्रशासनले आवश्यक सतर्कता अप्नाएको हो । रामेछापमा गएरातिनै रामेछाप प्रहरीले आवश्यक सतर्कता अप्नाउन र सचेत रहन भन्दै माइकिङ् गरेको थियो ।

दोलखा प्रशासन दोलखा र जिल्ला प्रहरी रामेछापले जारी गरेको सूचना हेर्नुहोस्

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार