रामेछापको मन्थलीमा संघ संस्थाको अगुवाइमा गरियो रक्तदान

| जेठ १९, २०८१ शनिबार

A A A
A A A

१८ जेठ, रामेछाप । जिल्लाका अस्पतालहरूमा रगतको माग बढ्दै गएपछि रगत अभाव नहोस् भन्दै विभिन्न संघ संस्थाको अगुवाइमा रामेछापमा रक्तदान गरिएको छ । यहाँका सरोकारवालाहरुले विभिन्न समयमा रक्तदान गर्दै आएका छन् ।

 

शनिवार मन्थली देवकोटा चोकमा मन्थली बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा रक्तदान गरिएको रेड्क्रश रामेछापले जनाएको छ । 

 

नेपाल पत्रकार महासंघ रामेछाप, तामाकोशी सेवा समिति, तामाकोशी अस्पताल, देवकोटा चोक टोल सुधार समिति, रामेछाप बहु प्राविधिक शिक्षालय, (बिआइजी) रामेछाप समूह, लाइनस् क्लब, (जेसीआई) रामेछाप, रामेछाप सहयोगी मन (रासम), रामेछाप–काठमाडौँ सृजनशील समाजसहितका संस्थाको संयुक्त आयोजनामा रक्तदान गरिएको पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरेले बताए । 

 

उक्त अवसरमा विभिन्न संघ संस्था, बैङ्क तथा वित्तीय संस्था, इन्स्योरेन्समा आबद्ध व्यक्ति, वडा अध्यक्ष, यहाँका स्थानीय, रामेछाप प्रहरी प्रमुख (डिएसपी) प्रदीप कुमार सिंहसहितका प्रहरीहरू र सशस्त्र प्रहरीहरू सहित ४५ जनाले रक्तदान गरेको रेडक्रस रामेछापका शाखा प्रमुख विष्णु बहादुर बुढाथोकीले रामेछाप टाइम्सलाई बताए । 

 

 

केही दिन यता बढेको चर्को गर्मी सहित विभिन्न कारणले अस्पताल पुग्ने बिरामीहरूको सङ्ख्यामा वृद्धि भयसँगै यहाँका अस्पतालहरूमा रगतको अभाव नहोस् भनेर गरिएको रक्तदानमा ४५ पाउन्ड रगत संकलन भएको हो । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार