मौसमः प्रदेश १, गण्डकी, लुम्बिनी र बागमतीमा भारी वर्षा,पहाडी भू-भागमा पहिरोको जोखिम,

नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्ने

| असार ५, २०७८ शनिबार

संकेतिक फोटो
A A A
A A A

०५ असार,रामेछाप । आज देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ । साथै उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव  (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

 

अहिले प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भु(भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभावले वर्षा भैरहेको हो । बिहाना मौसम बुलेटीन् जारी गर्दै महाशाखाले आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने पूर्वानुमान गरेको छ ।

 

मौसम विद् समिर श्रेष्ठका अनुसार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक( दुई स्थानहरुमा मेघगर्जन,चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।


राती देशभर सामान्य देखि पूर्ण बदली रहि देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।


भोली (आइतबार) देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका  केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ । राती देशभर सामान्य देखि पूर्ण बदली रहि देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारी वर्षा को सम्भावना छ ।


सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहि देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

सूचना हेर्नुहोस 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार