मन्थली अस्पतालमा गम्भीर प्रकृतिको ‘एपेंडीसाइटिस’को पहिलो पटक सफल शल्यक्रिया

| जेठ २५, २०८१ शुक्रबार

तस्बिर स्रोत मन्थली अस्पताल फेस्बुक पेज ।
A A A
A A A

२५ जेठ, रामेछाप । भर्खरै बागमती प्रादेशिक अस्पताल बनेको मन्थली अस्पतालमा जिल्लामै पहिलो पटक ‘एपेंडीसाइटिस’को सफल शल्यक्रिया (अप्रेसन) गरिएको छ । गम्भीर प्रकृतिको अप्रेसन सफल भएपछि अस्पताल परिवार उत्साहित देखिएको छ । 

 

बिहीबार सर्जन डा.केशव सिंह धामीको नेतृत्वमा (एमडिजीपी) डा.समीर क्षेत्री, (एमडिजीपी जिआर थ्री) डा.बुद्धिनाथ शाह, एनेस्थेसिया सहायक निर्मल प्रसाद राजवंशी, नर्सिङ स्टाफ लक्ष्मी बि.क र अन्जु कार्की सहितको संयुक्त टिमले खाँडादेवी गाउँपालिका वडा नं ४ की २० वर्षीय एक महिलाको सफल शल्यक्रिया गरिएको अस्पतालले जानकारी गराएको हो ।‘बिहीबार को दिन यस अस्पतालमा रामेछाप जिल्लाकै पहिलो पटक ‘एपेंडीसाइटिस’ अप्रेसन गरिएको छ’ अस्पतालले भनेको छ । 

 

निकै गम्भीर प्रकृतिको यो रोगको सफलता पूर्वक शल्यक्रिया हुनुलाई अस्पतालले आफ्नो सेवालाई चुस्त पारेको दाबी गरेको छ । २४ सै घण्टा इमरजेन्सी एम्बुलेन्स सेवा सहित सुत्केरी सेवा, लगायत औषधि प्रदान गरी मन्थली नगरपालिका सहित छिमेकी गाउँ तथा नगर र जिल्लाका बिरामीको समेत मन जित्दै नागरिक मैत्री सेवा प्रवाह हुन थालेपछि मन्थली अस्पतालमा बिरामीको चाप र भरोसा बढ्दै गएको अस्पतालले दाबी गर्दै आएको छ । 

 

धमाधम सुविधा सम्पन्न अस्पताल भवन निर्माणाधीन अवस्थामा रहेको यो अस्पताललाई जिल्लावासीको सबै रोगको उपचार निदान केन्द्रको रूपमा विकास गर्न सक्नु पर्ने जोड् बलसहित आफूहरू लागि परेको मन्थली नगरपालिकाले पनि बताउँदै आएको छ । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार