बागमती प्रदेश सरकारले ल्यायो ६४ अर्ब ५४ करोड भन्दा बढी बजेट (पूर्ण पाठसहित)

| असार २, २०८१ आइतबार

A A A
A A A

२ असार, रामेछाप । आगामी आर्थिक वर्ष ०८१÷०८२ को लागि बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड भन्दा बढी बजेट ल्याएको छ । शनिवार आर्थिक मामिला तथा योजनामन्त्री जगनाथ थपलियाले आगामी वर्षको लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । 

 

प्रदेश सभामा घोषणा गरिएको उक्त बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १६ लाख, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख, वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

 

प्रदेश सरकारले  सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालय २२ अर्ब ६४ करोड, कृषि तथा पशुपन्छी विकास मन्त्रालय २ अर्ब ६२ करोड, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय २ अर्ब ४६ करोड, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय ७२ करोड, वन तथा वातावरण मन्त्रालय ३ अर्ब २१ करोड, श्रम रोजगार तथा यातायात मन्त्रालय ९३ करोड, स्वास्थ्य मन्त्रालय ४ अर्ब ८ करोड, सामाजिक विकास मन्त्रालय ३ अर्ब ९१ करोड, युवा तथा खेलकुद मन्त्रालय ७४ करोड, खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय ६ अर्ब ९३ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ४४ करोड र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ५० करोड ६४ लाख बजेट विनियोजन गरेको हो । 

 

त्यस्तै चालु आर्थिक वर्षको भन्दा करिब २ अर्ब रुपैयाँ बढीको बजेट ल्याएको हो । बागमतीमा चालु आर्थिक वर्षको बजेट ६२ अर्ब ७१ अर्ब थियो ।

 

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष स्थानीय तहलाई ८ अर्ब ३७ करोड वित्तीय हस्तान्तरण गर्ने भएको छ । प्रदेश सरकारले समानीकरण अनुदान तर्फ १ अर्ब ६६ करोड, सशर्त तर्फ ३ अर्ब ४३ करोड, समपूरक तर्फ २ अर्ब ४८ करोड, विशेष अनुदानतर्फ ७९ करोड ३८ लाख विनियोजन गर्ने प्रस्ताव गरिएको छ । 

 

त्यस्तै प्रदेश सरकारले सवारी करको बाँडफाँटबाट ११९ स्थानीय तहबाट ५ अर्ब उपलब्ध हुने अनुमान गरेको छ ।

 

यो हेर्नुहोस् पूर्ण पाठ