चीनतर्फ थुनिएको तामाकोशी नदीको जोखिम तत्कालाई टर्यो–दोलखा प्रशासन (सूचनासहित)

| असार ६, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

०६ असार,रामेछाप । जिल्ला प्रशासन कार्यालय दोलखाले चीनतर्फ थुनिएको भनिएको तामाकोशी नदीको पानी हटाउने कार्या चीनियाँ पक्षले गरेको भन्दै जमेको पानी फूटेर आउने भिषणबाडीको जोखिम तत्कालको लागि टर्दै गएको बताएको छ । 


गत शुक्रबार राति ९ ः ५५ मा एक सूचना जारी गर्दै दोलखा प्रशासनले–'नेपाल चीन सिमाना क्षेत्रमा रहेको टिङ्ग्रीक काउट्री रोङ्क्षया शहर र सोआपारमा भएको भारी बर्षाको कारण आएको बाढीको कारण नेपाल तिर बग्ने नदीको पानी रोकिएको थियो । सो पानी चीनियाँ पक्षले शनिबार अपरान्ह् देखि आंशिक रुपमा आटाएकाले नदीमा एक्कासी ठूलो बाढी आउने सम्भावना टर्दै गएको जनाएको छ । शनिबार राति दोलखा प्रशासनले जारी गरेको सूचनामा नदी थुनिएर करिव १ लाख घनमिटर बराबरको पोखरी बनेको चीनियाँ पक्ष ठाएको पत्रमा  उल्लेख गरिएको दाबी गरिएको छ ।'

 

उक्त पानीलाई क्रमिक रुपमा चीनियाँ अधिकारीहरुले थुनिएको भाग काट्दै प्रवाह गर्ने काम भैरहेकाले तत्कालको लागि उच्च जोखिम टर्दै गएको जनाएको छ । तर सावधानी अपनाउन भने प्रशासनले आग्रह गरेको छ । 

सम्बन्धित समाचार  
चीनतर्फ तामाकोसी थुनियो, जुनसुकै बेला खतरा उत्पन्न हुन सक्छ, (सूचनासहित)


नेपाल तर्फ बहन सो नदी दोलखा र रामेछाप जिल्लामा तामाकोशी नदी बनेर बहने गर्दछ । सो नदी आसपास सयौं बस्तीका बासिन्दा नदी थुनिएको खबर आएलगत्तै त्रासामा रहेका छन् । 

दोलखा प्रशासनले जारी गरेको सूचना हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार