रामेछापको गोठगाउँमा झुन्डिएर सडेगलेको अवस्थामा पुरुषको शव फेला, हत्याको आशंका

| असार ३, २०८१ आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२ असार, रामेछाप । रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ खुरपातीमा एक जना पुरुषको शव सडेगलेको अवस्थामा भेटिएको छ । मृत भेटिएको सुजन बुढाथोकीको शवलाई मन्थली अस्पतालमा ल्याएर पोस्ट मार्टम गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको हो । 

 

घरमा झुन्डिएकै अवस्थामा सडेगलिसकेको परिस्थितिमा शनिवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रवक्ता कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए । ‘हाम्रो टोलीले प्रक्रिया पुरा गरेर मन्थली अस्पताल ल्याएर पोस्ट मार्टम गरेको छ । रिपोर्ट आउन बाँकी छ ।’

 

मृत भेटिएको बुढाथोकीको शव मन्थली तामाकोशी किनारमा अन्त्यष्टी गरिएको नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले बताए । 

 

झुन्डिएर मृत अवस्थामा भेटिएको बुढाथोकीको सबसँगै एकथान मोबाइल, गत जेठ १७ गतेको बसको टिकट केही पैसा, उनको नागरिकता लगायतका सामाग्री समेत प्रहरीले फेला पारेको छ । 

 

काठमाडौँमा केही समय अगाडि अगाडि बेचेर रु सात लाख रकम लिएर हिँडेको अनुसन्धानबाट खुलेको र घटना बारे थप अनुसन्धान सुरु गरिएको प्रहरीका प्रवक्ता न्यौपानेले प्रस्ट पारे । उक्त नगद सात लाख नभेटेपछि घटना रहस्यमय र हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

 

२ वर्ष अगाडी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका उनका ९ वर्षीय छोरा र ११ वर्षीय छोरी रहेका छन् ।