बुधवार मन्थली नगरपालिकाको १५ औँ नगर सभा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

| असार ४, २०८१ सोमबार

A A A
A A A

३ असार, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले बुधवार अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । नगरपालिकाको सामान्य प्रशासन शाखाले आइतबार एक सूचना जारी गर्दै बुधवार सेवा बन्द हुने जानकारी दिएको हो । 

 

बुधवार मन्थली नगरपालिकाको १५ औँ नगर सभा एवं अधिवेशन (बजेट अधिवेशन) हुने भएकाले नगरपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत हरि चापागाईँले जारी हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

 

 

सोमबार (आज) पनि नेपाल सरकारले इद पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । 

 

सूचना हेर्नुहोस् ।

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार