उमाकुण्ड गाउँपालिकामा फरक क्षमता भएकाहरूलाई धूप बनाउने तालिम दिइयो

| असार ९, २०८१ शनिबार

A A A
A A A

८ असार, रामेछाप । उमाकुण्ड गाउँपालिकामा शारीरिक रूपमा फरक क्षमता (अपाङ्गता) भएकाहरूलाई दिइएको तीन दिने बाटेको धूप बनाउने तालिम सम्पन्न भएको छ । शुक्रवार पालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेर तालिम सम्पन्न गरेकी हुन् ।

 

उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीमा पालिकाको संयोजन र अपाङ्ग सचेतना सेवा केन्द्र मन्थलीको आयोजनामा तालिम दिइएको सचेतना केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरेले बताए । उनका अनुसार समुदायमा आधारित (सिबिआर) पुनर्स्थापना कार्यक्रम अन्तर्गत बाटेको धूप बनाउने तालिम दिइएको हो । 

 

शारीरिक रूपमा असक्त भएकाहरूले बसेरै गर्न सक्ने र आम्दानीको बाटोमा जोडिएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो । 

 

गाउँपालिकाका १० जना अशक्त अपाङ्गता भएकाहरूको सहभागिता रहेको तालिम सञ्चालन गर्न प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा तीन लाख रुपैयाँ उपलब्ध गराएको थियो । 

 

तस्बिर स्रोत मनिराज सुनुवार । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार