रामेछाप नगरपालिकाले स्थानीय उत्पादनको खपत गर्न ‘दही मही खाऔँ, कोल्ड्रिङ्स भगाऔँ’ भन्ने अभियान चलाउने

| असार १०, २०८१ सोमबार

फाइल फोटो ।
A A A
A A A

१० असार रामेछाप । रामेछाप नगरपालिकाले स्थानीय कृषकहरूले उत्पादन गरेको दुग्धजन्य पदार्थको बिक्री वितरणमा प्रोत्साहन गर्ने नीति लिएको छ । 

 

सोही कार्यक्रमलाई जोड् दिएर यो नगरले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा ‘दही मही खाऔँ, कोल्ड्रिङ्स भगाऔँ’ भन्ने अभियान सञ्चालन गर्ने नीति अगाडि सारेको छ । 

 

दूध तथा दूधजन्य पदार्थको आत्मनिर्भरताको लागि व्यवसायीक भैसीं प्रवर्द्धन कार्यक्रमलाई जोड् दिए हाल नगरमा छ्यापछ्याप्ती बिक्री वितरण हुँदै आएको कोल्ड्रिङ्क्सको मागलाई घटाएर स्थानीय उत्पादनको प्रयोग गर्ने हेतुले कार्यक्रम सार्वजनिक गरिइएको नगरका प्रवक्ता समीर कार्कीले जानकारी दिए । 

 

यो संगै आतातित पिय पदार्थहरु कोकाकोला, डूयू, फ्यान्टा लगाएतका जुसहरुको आयातमा कम भइ स्थानीय उत्पादनको खपत बढ्ने विश्वास लिइएको छ ।