मेलम्ची बाढीमा परेर बेपत्ता एकको शव रामेछापमा भिटेयो,छोरीले शव बुझिन्

| असार ६, २०७८ आइतबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

०६ असार, रामेछाप  । सिन्धुपाल्चोकको मेलम्चीमा गएको काहाली लाग्दो बाढीमा परेर बगेका एकको रामेछापमा शव भेटिएको छ । यसअघि जिल्ला स्थित तामाकोशी नदी किनारमा तीन जनाको शव भेटिएको थियो । 


गत असार ३ गते दिउँसो १ ः  ३० बजे जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ४ पकरवारको पुछिघाट स्थित सुनकोसी नदिको किनारमा भेटिएको शव सिन्धुपाल्चोक पाँचपोखरी  थङपाल गाँउपालिका वडा नं २ बरुवा बस्ने ६१ वर्षीय ठाकुरे स्याङ्बो रहेको पुष्टि उनको पारिवारले गरेको हो । मृतककी छोरा जिमि स्याङ्बोले आइतबार शवको सनाखत गरि शव उनले जिम्मा लिएकी छिन् । 

जिल्ला प्रहरी रामेछापले दिएको जानकारी अनुसार शवको पोष्टमाटम गरि मृतककी छोरीले जिम्मा लिएकी हुन् । 

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार