रामेछापको मन्थलीमा सहकारीमा देखा परेका समस्या र समाधानका विषयक अन्तरक्रिया

| असार ११, २०८१ सोमबार

A A A
A A A

१० असार, रामेछाप । रामेछापको मन्थलीमा सहकारीहरूमा वर्तमान अवस्थामा देखा परेका समस्या र ती समस्या समाधानका उपायहरू विषयक अन्तरक्रिया गरिएको छ । करिब पाँच सय हाराहारीमा सहकारी दर्ता भएको जिल्लामा दर्जन भन्दा बढी सहकारीहरूमा आन्तरिक व्यवस्थापन, सहकारी सञ्चालन लगायतमा विविध आन्तरिक समस्याहरूबाट गुज्रिन पुगेको आङ्कलन गरिँदै आएको छ ।  

 

आइतबार रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन) को प्राविधिक सहयोगमा मन्थली नगरपालिकाको हलमा सहकारीका समस्या र समाधानमा केन्द्रीय वृहत् छलफल गरिएको रामेछापमा बचत तथा ऋण सहकारीका सचिव नवीन केसीले जानकारी दिए । 

 

मन्थली नगरपालिका पालिका प्रमुख लव श्रेष्ठ सहितको उपस्थितिमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन) का अध्यक्ष उद्धव सापकोटा, रामेछाप जिल्ला सहकारी संघका उपाध्यक्ष श्याम थापा, बचत तथा ऋण संघका अध्यक्ष जगन्नाथ दाहाल, जिल्लाको प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष र व्यावस्थापकहरुको सहभागीमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

 

सो कार्यक्रममा वर्तमान अवस्थामा देखा परेका सहकारीहरूका समस्या समाधानका उपायहरू बारेमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन) का प्रमुख कार्यकारी अधिकृत केशव दाहालले कार्य पत्र प्रस्तुति गरेका थिए । 

 

साथै नगरपालिकाको जिम्मेवारी, भूमिका र पालिकाले सहकारी क्षेत्रमा गरेका कामको बरेमा मन्थली नगरपालिकाका सहकारी शाखा अधिकृत उज्वल पोख्रेलले पनि कार्य पत्र प्रस्तुत गर्दै सहकारी सचेतना गरेका थिए । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार