सुनापति गाउँपालिकाको बजेट ६५ करोड ९० लाख, पूर्वाधार विकासमा ७ करोड ४२ लाख

| असार १२, २०८१ मंगलबार

A A A
A A A

११ असार, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले  आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६५ करोड ९० लाख ५२ हजारको बजेट सार्वजनिक गरेको छ । १५ औँ अधिवेशनको सभाले उक्त बजेट तथा आगामी नीति कार्यक्रम समेत पारित गरिसकेको छ । 

 

सोमबार गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट (चौलागाई) ले आगामी वर्षको लागि ६५ करोड ९० लाख ५२ हजार रुपैयाँको बजेट घोषणा गरेकी हुन् । 

 

पालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ, प्रमुख प्रशासकीय अधिकृत दील कृष्ण श्रेष्ठ, ५ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू सहितको उपस्थितिमा उपाध्यक्ष विष्टले सबै भन्दा धेरै पूर्वाधार विकास तर्फ ७ करोड ४२ लाख ५० हजार विनियोजन गरेको बताइन् । 

 

त्यस्तै सामाजिक विकास तर्फ २ करोड ४६ लाख २५ हजार, आर्थिक विकास तर्फ ८५ लाख ३८ हजार ८ सय, वन तथा वातावरण विपद् व्यवस्थापन तर्फ ४० लाख, संस्थागत विकास र सुशासन तर्फ ४१ लाख ३४ हजार विनियोजन गरिएको हो । 

 

जिल्लाकै सबै भन्दा कम वडा (५) वटा रहेको यो गाउँपालिकाले सबै भन्दा धेरै वडा नं ४ लाई ४७ लाख ६४ हजार र सबै भन्दा कम वडा नं २ लाई ४२ लाख ८८ हजार बाँडफाँड गरेको छ ।

 

त्यस्तै वडा नं ५ लाई ४५ लाख ७८ हजार, वडा नं १ लाई ४५ लाख ७५ हजार, वडा नं ३ लाई ४२ लाख ९५ हजार गरी २ करोड २५ लाख रकम विनियोजन गरिएको उपाध्यक्ष विष्टले जानकारी गराइन् ।