तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सक्नु पर्छ– नगर प्रमुख श्रेष्ठ

| असार १३, २०८१ बुधबार

A A A
A A A

१२ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले तालिममा सिकेको कुरालाई व्यवहारमा लागू गर्नु पर्नेमा जोड् दिएका छन् । पत्रकारिता तालिम मात्रै नभएर जुनसुकै तालिम पनि सिकेपछि व्यवहारमा लागू गर्नु पर्नेमा नगर प्रमुख श्रेष्ठले जोड् दिए । 

 

बुधवार मन्थलीमा क्रियाशील महिला पत्रकारहरूलाई ‘समाचार लेखन सीप विकास तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताएका हुन् । नगर प्रमुख श्रेष्ठले सत्प्रशित सबैले कुनै पनि काममा सफल नहुने तर्क गर्दै सिकेका कुरालाई केही भए पनि व्यवहारमा लागू गर्नु पर्नेमा जोड् दिए । 

 

पत्रकारले मन्थली नगरपालिकाले गरेका राम्रोलाई राम्रो भन्नु पर्ने, नराम्रोलाई प्रस्ट नराम्रो भन्नु पर्ने बताउँदै उनले नगरलाई खबरदारी गरिदिन आग्रह गरे । 

 

त्यस्तै पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले रामेछापमा पत्रकारिता क्षेत्रमा पछिल्लो समय महिलाहरू पनि सक्रिय उपस्थिति देखि रहेकोमा खुसी व्यक्त गर्दै सबैले पत्रकारिताको उद्देश्य अनुरूप काम गर्न सबैलाई आग्रह गरे । 

 

 मन्थली नगरपालिकाको आर्थिक सहयोगमा क्रियाशील महिला पत्रकार समूहले जिल्लामा सक्रिया महिला पत्रकारहरुलाई एक दिने समाचार लेखन सिप विकास तालिम संचालन गरेर अनुभव आदान प्रदान गरेको हो। साथै जिल्लाका अग्रज पत्रकारहरुबाट पत्रकारितामा हाल देखिएका चुनौती, सम्भावना र महिला पत्रकारहरुको अवस्थाका बारे सचेतिकरण एवं अभिमुखिकरण गरिएको हो । 

 

कार्यक्रम आयोजक एवं क्रियाशील महिला पत्रकार रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जिल्लामा पछिल्लो समय पत्रकारीता क्षेत्रमा जोडिएका महिला, दिदीबहिनीको आवश्यकताको माग बमोजिम तालिम राखिएको प्रष्ट्याउँदै एक दिने अनुभवन आदान-प्रदानबाट गरिने प्रष्ट पारिन् । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार