रामेछापको विर्ता लामपानीमा बस दुर्घटना : तीन जना गम्भीर सहित ८ जना घाइते

| असार १५, २०८१ शुक्रबार

A A A
A A A

१४, असार, रामेछाप । जिल्लाको लिखुतामाकाेशी गाउपालिका वडा नम्बर ६ खिम्तीकाे बिर्ता लामपानीमा यात्रुबाहक बस दुर्घटनामा परेका छ । दुर्घटनामा चालक र सहचालक सहित ८ जना घाइते भएका छन् । घाइते मध्ये तीनकाे अवस्था गम्भीर रहेको छ । 

 

गैरी हुँदै मन्थली तर्फ आउदै गरेकाे बा  ५ ख ५६२४ अरनिको यात्रुबाहक बस चिप्लिएर सडकबाट बहिर जाँदा परिचय खुलेका सकुन्तला श्रेष्ठ, सविना श्रेष्ठ सहित ९ जना घाइते भएको दुर्घटना स्थलबाट प्रदीप श्रेष्ठले रामेछाप टाइम्सलाई बताए  । 
एक घण्टा जति भयाे तर घाइतेहरुकाे उद्दार हुन सकेको छैन । भर्खरै एम्बुलेन्स डाकिएकाे छ, प्रदीपले रामेछाप टाइम्ससंग भने ।


दुर्घटना बारेमा थप जानकारी आउन बाँकी रहेकाे छ ।  गाडीमा २० देखि २५ जना सम्म यात्रु भएको अनुमान गरिएको छ । तर, यकिन भने हुन सकेको छैन । 

 

बस रुखमा अड्किएर बसेकाे अवस्थामा छ । बसका सबै यात्रु सुरक्षित स्थानमा झरेेेपनि सामाग्रीहरु भने निकाल्न सकिएको छैन ।