तामाकोशी नदीमा हाम् फालेर बेपत्ता भइन् एक महिला, खोजी कार्यजारी (भिडिओसहित)

| असार १६, २०८१ शनिबार

A A A
A A A

१५ असार, रामेछाप । रामेछाप र दोलखा जोड्ने किर्ने बजार स्थित तामाकोशी पुलमुनीबाट एक महिलाले कोशीमा हामफालेर ज्यान गुमाएकी छन् । आज अपराह्न परिचय नखुलेकी ती महिलाले कोशीमा हाम फालेर बगेकी हुन् । 

 

यसरी बेपत्ता हुनेमा दोलखाको मेलुङ गाउँपालिकाको भेड्पुकी माया तामाङ रहेको बुझिएको छ । 

 

मेलुङ् गाउँपालिका वडा नं ४ घर भएकी तामाङ त्यहाँ केही स्थानीयहरूले देख्दा देख्दै नदीमा बगेकी हुन् । उनलाई हाल सम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए । ‘हामीले सिन्धुलीको टोलीलाई पनि खबर गरेका छौँ । तर, फेला पार्न सकेका छैनौँ ।’

 

श्रीमान् र छोराहरूसँग काठमाडौँमा बस्दै आएकी तामाङ आजै (शनिवार)  काठमाडौँबाट दोलखा आएको बुझिएको छ । बेपत्ता ती महिलाको खोजी कार्य भइरहेको प्रवक्ता न्यौपानेले बताए । 

 

यसरी हाम् फालिन् भिडिओ हेर्नुहोस्