बागमती प्रदेशले आफ्नै मिडिया संचालन गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै मुख्य मन्त्रीलाई ज्ञापन पत्र (पत्रसहित)
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू ज्ञापन पत्र बुझ्दै, बद्री नयाँ घरे अध्यक्ष, बझाउदै,
०६ असार,रामेछाप । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमा आफ्नै संचारमाध्यम खोल्न बजेट बिनियोजन गरेकोमा आपत्ती जनाउदै नेपाल पत्रकार महासंघ रामेछापले प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
आइतबार महासंघका अध्यक्ष बद्री नयाँघरेसहितको टोलीले महासंघको कूल सदस्यको ४८ प्रतिशत सदस्य रहेको प्रदेश सरकारले यस्तो निर्णय गरेको भन्दै सो निर्णय तत्काल फिर्तालिन माग गर्दै प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूमार्फत प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन पुगेको पत्रकारको टोलीसंग प्रमुख जिल्ला अधिकारी
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आफ्नै मिडिया हाउस संचालनमा ल्याने भन्दै १० करोड बजेट बिनियोजना गरेको छ । यस विषयमा प्रदेशभित्रका सबै पत्रकार महासंघ निकट छाता संघठनहरुले आपत्ती जनाएका छन् ।
प्रदेश सरकारको यो निर्णयले देशभर दर्ता भएर संचालनमा रहेका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अन्लाईन् मिडियाकै ६६ प्रतिशत हिस्सा ओगटेको बागमती प्रदेशभित्रका मिडिया र त्यससंग आवद्ध पत्रकारहरुलाई कुण्ठीत गर्ने उदेश्यले बजेट ल्याएको बताएका छन् ।
ज्ञापन पत्र हेर्नुहोस्

