सरकार गठन गणितको खेल हो तर, संविधान संशोधन गणितको मात्र खेल होइन– माओवादी नेता चौलागाई

| असार १९, २०८१ मंगलबार

फाइल फोटो ।
A A A
A A A

१८ असार, रामेछाप । नेकपा माओवादी केन्द्रका नेता एवं रामेछापबाट निर्वाचित प्रदेश सांसद युवराज चौलागाईले ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि काँग्रेस र एमाले मिलेर संविधान माथि आक्रमण हुन सक्ने आशंका व्यक्त गरेका छन् । तर, त्यसो गर्न नदिने उनको तर्क छ । 

 

संसद्को ठुलो दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार गठनको खेल तीव्र पारेपछि मंगलबार सामाजिक सञ्जालमा लेख्दै माओवादी केन्द्रका युवा नेता एवं प्रदेश सांसद चौलागाईले सामाजिक सञ्जालमा लेखेका छन् ‘बहुमत भए काँग्रेस एमाले मिलेर सरकार बनाऊ । तर, मध्यरातमा संविधान माथि आक्रमण नगर ।’

 

काँग्रेस–एमालेबिच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थिति पछि आफ्नो धारणा लेख्दै नेता चौलागाईले भनेका छन् ‘नेपालको इतिहासमै पहिलो पटक जनता आफैँले बनाएको संविधानलाई अँध्यारो कोठाबाट उल्टो तिर संशोधन गर्न दिंइदैन ।’

 

सरकार निर्माण र विघटन गणितको खेल भएको उल्लेख गर्दै उनले ‘संविधान संशोधन गणितको मात्र खेल होइन’ भनेका छन् ।