स्काभेटर दुर्घटनामा परी रामेछाप गागल भदौरेका भण्डारीको घटना स्थलमै मृत्यु

| असार २०, २०८१ बुधबार

A A A
A A A

१९ असार, रामेछाप । स्काभेटर दुर्घटनामा परी रामेछाप खाँडादेवी गाउँपालिकाका एक युवाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चालक खाँडादेवी गाउँपालिका–८ गागल भदौरेका रबी भण्डारी रहेका छन् । 

 

राष्ट्रिय डोजर अपरेटर संघका अनुसार जेसिबि चालक भण्डारीको घटना स्थलमै मृत्यु भएको हो । आर.जे. ममता रमन जे.बी. कम्पनीमा कार्यरत भण्डारी म्याग्दीको दर्भङमा दुर्घटनामा परी ज्यान गुमाएका संघले जनाएको हो । 

 

दुर्घटना के कारणले भयो भन्ने बारेमा थप जानकारी आउन बाँकी रहेको छ । घटना बारे अनुसन्धान जारी रहेको छ ।