लगातारको वर्षाले फुलासी हुँदै पोखरी जोड्ने कच्ची सडक पूर्ण अवरुद्ध

| असार २३, २०८१ शनिबार

फाइल फोटो ।
A A A
A A A

२२ असार, रामेछाप । गएराति देखि परेको निरन्तरको वर्षाले रामेछापमा पनि विभिन्न सडकहरूमा अवरोध पुर्‍याएको छ । देशका विभिन्न जिल्लाहरूमा बाढी, डुबान र पहिरोले क्षति पुर्‍याइरहेको छ । 

 

केही दिन यताको असारे वर्षाले रामेछापमा पनि बढी, पहिलो र मुख्य सडकहरूमा समेत क्षति गर्न थालेको छ । यद्यपि  शनिवार सम्म रामेछापका आठ वटै स्थानीय तहको ६४ वटा वडामा ठुलो बढी पहिरो गएको जानकारीमा आएको छैन । 

 

तथापि शनिवार प्रहरी चौकी फुलासीले दिउँसो ३ ः ०० बजेको समयमा मन्थली नगरपालिका १० गिनटोल खोलामा बाढीसँगै लेदो आउँदा सडक अवरोध पुगेको जनाएको छ । 

 

सोही ठाउँको बाथरबुट्टामा माथिबाट पहिरो खस्दा मन्थली नगरपालिका–१४ फुलासी हुँदै पोखरी जोड्ने कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ । सडकमाथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी चौकी फुलासीले जनाएको हो ।