अबै‍ध खयरको काठसहित तीन जना पक्राउ

| असार ६, २०७८ आइतबार

प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

०६ असार सिन्धुली । अबैद रुपमा ओसार पसार भैरहेको खयरको काठसहित ३–०१–००६ ख ०९१० नम्बरको ट्रक ईलाका प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।

 

 

आइतबार सुनकोशी गाउँपालिका वडा नं।२ साँदीखोला स्थित विभिन्न व्यक्तिहरुको जग्गाबाट कटान गरिएको टाँचा, नम्बरिङ भएको खयरको काठ नियन्त्रणमा लिएको हो । 
काठ करिब ८० क्यूफिट रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त काठ वनका कर्मचारी बिना ट्रकमा लोड गरेको अवस्थामा फेला पारे थियो ।

 

सो काठ लोड गर्ने ट्रक चालक सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । उक्त नियन्त्रणमा लिएको ट्रकसहित तीन जनालाई आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय सुनकोशी, रातामाटामा पठाईएको इलाका प्रहरी कार्यालय खुर्कोटले जानकारी दिएको छ । 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार