लुभुखोलामा आएको बढीले खाँडादेवीको राकाथुम र सुनापतिको खनियापानी जोड्ने बाटो अवरुद्ध

| असार २३, २०८१ शनिबार

मन्थली स्थित तामाकोशी नदीमा । तस्बिर स्रोत प्रकाश कुमार कार्की ।
A A A
A A A

२२ असार, रामेछाप । लगातारको वर्षाले लुभुखोलामा बाढी आउँदा खाँडादेवी गाउँपालिका १ राकाथुम र सुनापति गाउँपालिका–५ खनियापानी जोड्ने बाटो अवरुद्ध भएको छ । 

 

शनिवार प्रहरी चौकी लुभुघाटले दिएको जानकारी अनुसार दिउँसो ३ ः ०० बजेको समयमा खाँडादेवीको राकाथुम र सुनापती खनियापानी भएर बहने लुभुखोलामा आएको बढीले बाटो अवरोध गरेको हो । 

 

निरन्तर वर्षा भइरहेकाले अवरुद्ध बाटो खुलाउन समेत समस्या भएको बताइएको छ । बढीले सडक अवरुद्ध गरेसँगै दुई पालिकाको यात्रामा अवरोध भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

 

गएराति देखि जिल्लाभर भारी वर्षा भइरहेको छ । वर्षाका कारण स–साना नदी तथा खोलाहरूमा समेत बढी आएको छ । भने ठाउँ–ठाउँमा साना ठुलो पहिलो खस्दा समस्या भएको छ ।