आनन्द कुमार श्रेष्ठ र रत्न गौतम पार्टी प्रदेश कमिटी सदस्यमा मनोनीत

| असार २३, २०८१ शनिबार

A A A
A A A

२२ असार, रामेछाप । नेकपा एमाले रामेछापका दुई नेता पार्टीको बागमती प्रदेश कमिटी सदस्यमा मनोनीत भएका छन् । 

 

केही दिन अगाडि बसेको पार्टी प्रदेश कमिटीको बैठकले जिल्लाका निवर्तमान अध्यक्ष समेत रहेका आनन्द कुमार श्रेष्ठ र नेता रत्न प्रसाद गौतमलाई प्रदेश कमिटीमा मनोनीत गरेको नेकपा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले जानकारी दिए । 

 

श्रेष्ठ बागमती प्रदेशका सांसद समेत हुन् । भने, गौतम निर्माण व्यवसायी हुन् ।

 

बागमती प्रदेश कमिटी अध्यक्षमा समेत रामेछापकै पूर्व मन्त्री समेत रहेका कैलाश ढुङ्गेल छन् ।