निरन्तरको वर्षाले रामेछापको गागलभदौरेमा भत्कियो भूकम्पले जीर्ण बनाए घर, यस कारण विपद् व्यवस्थापन समितिको टाउको दुखाई ?

| असार २४, २०८१ आइतबार

फाइल फोटो ।
A A A
A A A

२३ असार,रामेछाप । अविरल वर्षाको कारण रामेछापको खाँडादेवी गाउँपालिका–८ गागलभदौरेमा भूकम्प अगाडिको मान्छे नबस्ने एउटा घर भत्किएको छ । बसोबास नहुँदा उक्त घटनामा मानवीय क्षति पनि हुन पाएन । 

 

शनिवार अपरान्ह्व ४ ः ०० बजेको समयमा ५६ वर्षीय एकल पुरुषको पुरानो घर भत्किएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।तामाङ भूकम्पपछि बनाएको अर्को घरमा बस्दै आएको सोही वडाका वडा अध्यक्ष जङ्ग लाल तामाङले रामेछाप टाइम्सलाई बताए । ‘म, पनि घटना स्थलमा पुगेको छैन । तर, पुरानो कच्ची घर भत्किएको रहेछ । उहाँ भूकम्पपछि बनेको घरमा बस्दै आउनु भएको छ ।’ 

 

ढुड्गा र माटोले बनेको दुई तले खरले छाएको कच्ची घर निरन्तरको वर्षाको कारण एकापट्टिको भाग भत्किएको प्रहरीले जनाएको हो । घर भित्र रहेको सम्पूर्ण सामान भाइ प्रेम सिंह तामाङको घरमा सारिएको (जिप्रका) रामेछापले आइतबार जानकारी दिएको छ । 

 

२०७२ सालको महाभूकम्पपछि पुराना र चर्किएका घर भत्काएर नयाँ घर बनाउन र मर्मत गर्न राज्यले ३ लाख किस्ता–किस्तामा उपलब्ध गराएको थियो । उक्त रकम बुझेका कतिपयले ती चर्किएका घर नभत्काएर नयाँ बनाएका छन् । ती पुराना घर बर्खा लागेसँगै भत्किएर दुर्घटना निम्त्याउने जोखिम बढ्दै गएको हो । 

 

जीर्ण ती घरहरूमा नबस्न राज्यले उबेलै सचेत गराए पनि मानिसहरू भूकम्पलाई बिर्सिएर कतिपय ती घरहरूमै बसोबास गर्ने, राखनधर गर्ने गर्दा अहिले जटिल समस्या निम्तिन थालेको सरोकारवालाहरू बुझाइछ । त्यति बेला त्यी घर भत्किए भनेर पैसा लिए । फेरी अहिले त्यही घर ढल्यो, पूर्यो भनेर राहतको लागि आउने गरेका छन्, यसलाई के गर्न सकिन्छ सबै मिलेर एक निचोड निकालौँ जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा रामेछाप नगरपालिकाकी प्रमुख बालाकुमार कार्की (थापा) भनिन् । 

 

विपद् व्यवस्थापन समितिको समेत टाउको दुखाइको विषय बन्दै गएको यो विषय पटक–पटक छलफलमा उठेको छ । छलफलमा स्थानीय तहहरूले भूकम्पले चर्किएका ती पुराना घर भत्काउन पहल गर्ने, रकम लिएर पनि घर नभत्काउनेको सङ्ख्या यकिन गर्ने जिम्मा स्थानीय सरकारले गर्नु पर्ने भने छ । तर, स्थानीय सरकारहरूले ती कुरालाई कार्यान्वयन गरेको पाइएको छैन । 

 

रामेछाप नगरपालिकाले भने भूकम्पले हल्लाएका ९ सय बढी घर भत्काउनु पर्ने अन्यथा ती घरहरूमा बसोबास गर्दा ठुलो विपत्ति निम्तिने भन्दै उपप्रमुख बालाकुमार कार्कीले विपद् व्यवस्थापन समितिको बैठकमै समितिको ध्यानाकर्षण गरेकी थिइन् । 

 

शनिवार खाँडादेवीमा पनि सोही प्रकृतिको घर भत्किएपछि यो विषयले थप बल पाएको छ । खाँडादेवी गाउँपालिकामा भने भूकम्प पनि नयाँ घर बनेको तथ्याङ्क भए पनि चर्किएका घरहरू कतिले भत्काए नभत्काएको तथ्याङ्क नभएको पालिकाका सूचना अधिकारी ओम प्रकाश श्रेष्ठले रामेछाप टाइम्ससंग बताए । 

 

‘भूकम्पपछि घरहरू त बने तर ती घरहरू भत्काएको नभत्काएको तथ्याङ्क छैन’, पुराना घरहरू बर्खाको बेलामा निकै जोखिम पूर्ण देखिन थाले सूचना अधिकारी श्रेष्ठले भने । 

 

वडा अध्यक्ष तामाङले पनि भूकम्प अगाडिका यस्ता पुराना घरले जोखिम निम्त्याएको जिकिर गर्दै समाधानको बाटो तर्फ जानु पर्नेमा जोड् दिन्छन् ।