रामेछापको चनखुबाट मन्थली आउदै गरेकाे ट्रक दुर्घटना : चालक ढुङ्गेलसहित ३ जना घाइते

| असार २५, २०८१ सोमबार

सांकेतिक तस्बिर
A A A
A A A

२४ असार, रामेछाप । रामेछापको चनखुमा बाँस बाेकेकाे ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेकाे छ । दुर्घटनामा चालक र सहचालक सहित तीन जना घाइते भएका छन् । 


मन्थली नगरपालिका वडा नं १० चनखुकाे ढले पिपलको बोट ओरालोबाट बाँस बोकेर मन्थली तर्फ फर्किदै गरेकाे बा ५ ख ८०७१ नम्बरको ट्रक पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हाे । दुर्घटना साेमबार साँझ भएको हाे ।  

 

बाँसको लाेड् भएको ट्रक अनियन्त्रित हुँदा सडकबाट करिव १०० मिटर तल खसेको स्थानीय प्रत्येक्ष दर्शीले बताए  । 

 

दुर्घटनामा ट्रक चालक खाडाँदेवी गाउँपालिका-५ पकरबास  बस्ने बर्ष ३८ को राजु ढुङ्गेलको दायाँ आँखा माथि, निधारमा चोट लागेकाे छ । उनको अवस्था मध्यम रहेको छ । अन्य २ काे परिचय खुल्न सकेको छैन । 

 

घाइतेहरुकाे मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार जारी छ । परिचय नखुलेको सहचालक उपचार गर्न नआएको रामेछाप प्रहरी प्रमुख डिएसपी प्रदीपकुमार सिंहले रामेछाप टाइम्सलाई बताए ।


साँझका भएको दुर्घटनामा परेकाे ट्रक घटनास्थलमानै रहेको तर बाटो अवरोध नभएको प्रहरी चौकि फुलासीले जनाएको हाे ।