काठमाण्डाै उपत्यकामा निषेधाज्ञा खुकुलो : निजी गाडीमा जोर-बिजोर, पसल बारअनुसार खुल्ने(निर्णयसहित)

| असार ६, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

०६ असार, काठमाण्डाै । उपत्यकाको निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्बिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा असार १४ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो ।

 

निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । अब दुई पाङ्ग्रे मोटरसाइकल र निजी चार पाङ्ग्रे कार, जीप, ट्याक्सी जोर–बिजोरका आधारमा चल्नेछन् । चारपाङ्ग्रे गाडीमा चार जना मात्रै बस्न पाइनेछ ।

 

त्यस्तै हार्डवेयर पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने छन् । सुनचाँदी, भाडा पसल आइतवार, मङ्गलवार र बिहीवार तथा कपडा पसल, डिमार्टमेन्टल स्टोर तथा खेलकुदका पसल सोमवार, बुधवार र शुक्रवार खुल्ने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।

 

अरू अत्यावश्यक सामग्रीका क्षेत्रमा रोकतोक छैन । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि राति सकिँदैछ । 

काठमाडौं प्रशासनले जारी गरेको आदेश हेर्नुहोस्

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार