रामेछापको सरस्वती माविका शिक्षक कामतको हृदय घातबाट निधन

| असार २६, २०८१ मंगलबार

A A A
A A A

२५ असार, रामेछाप । मन्थली नगरपालिका–१० चनखुको सरस्वती माविका शिक्षकको हृदय घातबाट निधन भएको छ । 

 

 

गत सोमबार सिराहा घर भएका शिक्षक वैजु कामतको हृदयाघातबाट निधन भएको सोही वडाका अध्यक्ष गोपीलाल तामाङले जानकारी दिए । 

 

 

केही दिन अगाडि बिदामा घर गएका कामतको निधन भएको जानकारी आएपछि विद्यालय परिवारले दुःख व्यक्त गरेको छ ।