रामेछापकाे भटाैली मानेडाँडामा बाेलेराे दुर्घटना : एक जनाकाे घटनास्थलमै मृत्यु, ९ जना घाइते

| असार २६, २०८१ मंगलबार

तस्बिर स्रोत भीम नेपाली ।
A A A
A A A

२५ असार, रामेछाप । रामेछापकाे मन्थली नगरपालिका कल्लेरीमा बाेलेरा दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्युु भएको छ । भने, अन्य ९ जना घाइते भएका छन् । 

 

मंगलबार मन्थली नगरपालिका -७ भटाैलीकाे पश्चिमी क्षेत्र र खाँडादेवी गाउँपालिकाकाे- ९ पिङ्खुरी सिमा स्थित मानेडाँडाँ बाेलाेराे पल्टिँदा एक वृद्ध महिलाको घटना स्थमै मृत्यु भएको साेहै वडाका भीम नेपालीले जानकारी दिए । 

 


घाइते ९ जनाकाे परिचय खुल्न बाँकी छ । घाइतेहरुकाे जिल्ला प्रहरी कार्यालय रामेछापबाट पुगेको टाेलीले मन्थली नगरपालिकाकाे एम्बुलेन्स मार्फत उद्दार गरि उपचारको लागि  मन्थली हस्पिटलमा ल्याइएको छ ।

 

दुर्घटना के कारणले भएको भन्ने खुल्न सकेकाे छैन ।  बागमती प्रदेश ३-०१ -०२३ च ३९५० नम्बरको बाेलेराे आज साँझकाे समयमा दुर्घटनामा परेकाे बुझिएको छ । 

 


दुर्घटना बारे थप जानकारी आउन बाँकी छ ।  दुर्घटनामा स्थलमा प्रहरी टाेली परिचालित रहेकाे जिल्ला प्रहरी प्रवक्ता काैशल न्याैपानेले रामेछाप टाइम्सलाई बताए  ।