मातहतका विद्यालयलाई उमाकुण्ड गाउँपालिका भन्यो–‘बर्खे बिदाभर कम्प्युटर कक्षा संचालन गर्नू’

| असार २८, २०८१ बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२७ असार, रामेछाप । जिल्लाको दुर्गम क्षेत्रबाट परिचित उमाकुण्ड गाउँपालिकाले विद्यालयको बर्खे बिदाको अवसर पारेर कम्प्युटर कक्षा संचालन गर्ने भएको छ । सोही अनुसार कक्षा ८ भन्दा माथिका विद्यालयहरूलाई कम्प्युटर कक्षा संचालन गर्न गाउँपालिकाले निर्देशन पनि दिएको छ । 

 

बिहीबार एक सूचना जारी गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रविधिमा दक्ष बनाउन बिदा अवधिभर २० जनाको समूह बनाएर १५ दिने कम्प्युटर प्याकेज कक्षा संचालन गर्न आग्रह गरेका हुन् । 

 

उनले जारी गरेको सूचनामा भनिएको छ ‘दैनिक २ घण्टाको दरले न्यूनतम २० जना विद्यार्थीको समूह बनाई १५ दिने कम्प्युटर ‘अफिस प्याकेज’ सम्बन्धी कक्षा संचालन गर्नु’ । 

 

प्रशासकीय प्रमुख लामाले यसरी कक्षा संचालन गरेको भुक्तानी गाउँपालिकाले गर्ने उल्लेख गरिएको छ । असारमा अविरल वर्षा हुने, भौगोलिक रूपमा विकटता भएको र धान रोपाई लगाएका काम पनि हुने हुँदा एक महिना बिदा विगत देखि दिँदै आइएको छ । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार