पर्यटकीय क्षेत्र शैलुङ्मा ‘फोरजी’ इन्टरनेटको सुविधा

| असार २९, २०८१ शुक्रबार

A A A
A A A

२८ असार, रामेछाप । पर्यटकीय क्षेत्र शैलुङ्गमा इन्टरनेटको पहुँच विस्तार गर्ने काम सम्पन्न भएको छ । विगतमा त्यहाँ पुग्ने पर्यटकहरू इन्टरनेट र टेलिफोन नलाग्दा समस्यामा पर्दै आएका थिए । 

 

केही समय यता ‘फोरजी’ इन्टरनेटको सुविधा विस्तार गर्नको लागि निरन्तर काम भइरहेको थियो । आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र शैलुङ्मा इन्टरनेट पुगेसँगै त्यहाँ पुग्ने सबैलाई सहज हुने भएको छ । 

 

शैलुङ्मा इन्टरनेट पुर्‍याउन संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेश सांसद युवराज चौलागाईले विशेष पहल गरेका थिए । केन्द्रीय मोबाइल हाउसको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण ‘फोरजी’ सेवा विस्तार भएको शैलुङ् क्षेत्रको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएका दोरम्बा शैलुङ्का स्थानीय दावा साङ्बु शेर्पाले बताए । 

 

नेपाल टेलिकम रामेछाप शाखाले पनि शैलुङ् क्षेत्रमा पर्यटकलाई इन्टरनेट नहुँदा सम्पर्क टुट्ने समस्या भएको पहल गर्दै विभिन्न चरणमा ३ वर्षमा काम गरिएको बताएको छ । 

 

महाभारत शृङ्खलाको उच्च भू–भाग शैलुङ्मा धार्मिक तथा प्राकृतिक सौन्दर्यताको कारण निकै चर्चामा रहेको छ । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार