रामेछापका आठ वटै स्थानीय तहलाई दियो दक्षिण कोरियाली नेपालले १२ लाख बराबरको स्वास्थ्य सामाग्री

| असार ७, २०७८ सोमबार

फाइल फोटो बद्री नयाँघरेबाट प्राप्त
A A A
A A A

०७ असार, रामेछाप । दक्षिण कोरियामा बसोबास गर्दे आएका रामेछापेलीहरुको छाता संगठन रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको सहयोगमा रामेछाप जिल्लाका सबै पालिका र एक अस्पतालका लागि विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

 

कोभिडका कारण थिलथिलो बनेका पालिका र अस्पतालहरुमा स्वास्थ्य सामाग्री अपुग भईरहेको बेला सम्पर्क समितिले करिब १२ लाख बराबरको स्वास्थ्य साम्रग्री उपलब्ध गराएको हो । 
७ वटा गाउँपालीकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको सम्पर्क समितिले आइतबार  मन्थली नगरपालिकामा मेयर रमेश बस्नेत  र तामाकोशि अस्पतालका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठ र डाक्टर सुमन कर्माचार्यलाई अस्पतालमा पुगेर कोभिड संक्रमितहरुका लागि आवश्यक सामाग्री उपलब्ध गराएको सम्पर्क समितिका अध्यक्ष्यले जानकारी दिए ।

 

राष्ट्रियता र मातृभूमिप्रति प्रतिबद्ध संम्पर्क समिति र तिनका पदाधिकारीहरुले मिनिभेन्टीलेटर एक(एक थान मिनि भेन्टिलेटर,ग्लुकोमीटर,सेनीटाईजर,सर्जिकल मास्क र सर्जिकल पंजा उपलब्ध दिएको हो । 

 

समितिका अध्यक्षको नेतृत्वमा आएका पदाधिकारीहरुको टोलीले तामाकोशि अस्पतालसंगै गोकुलगंगा,उमाकुण्ड,सुनापति,लिखु तामाकोशि दोरम्बा शैलुङ् गाउँपालिका,खाँडादेवी गाउँपालिका  तथा रामेछाप नगरपालिका र मन्थली नगरपालिकालाई ति सामाग्रि प्रदान गरेको हो । 


सम्पर्क समितिले प्रति अस्पताल र प्रति पालिका १ लाख ३० हजार रुपैयाँ बराबरको समेत गरि कुल ११ लाग ७० हजार रुपैया बरावरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । 

 

सम्पर्क समितिले सबै पालिकाहरुमा मेयर,प्रमुख र अस्पातलका प्रमुखहरु समेतको रोहबरमा सामग्री हस्तान्तरण गरेको जानकारी पनि समितिले दिएको छ ।